धितोपत्र बजारमा बिहीबार नेप्से परिसूचक १० अंकले घट्याे

काठमाडौं– धितोपत्र बजारमा बिहीबार नेप्से परिसूचक झन्डै १० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक ९.९२ अंकले घटेर एक हजार २३८.५६ पुगेको हो । त्यस्तै, सेन्सेटिभ परिसूचक १.९६ अंकले घटेर १६८.००  पुगेको छ । परिसूचक ओरालो लागेसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । स्टकका अनुसार कुल १ सय ६६ कम्पनीका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ मा खरिद–बिक्री भए । 

कारोबार भएका १२ उपसमूहमध्ये सबै उपसमूहको सेयर ओरालो लागेको छ । बैंकिङ ५.५४, व्यापार २.०३, होटल २०.८३, विकास बैंक ८.१५, जलविद्युत् ३१.३५, वित्त ४.९७, निर्जीवन बिमा ७५.४३, उत्पादन ११.८५, अन्य ५.३४, लघुवित्त २०.३२, जीवनबिमा २६.५५ र सामूहिक लगानी कोषका सेयर ०.०२ अंकले घटेको छ । 

स्टकका अनुसार कारोबार रकमका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको सेयर नौ करोड ७९ लाख ९९ हजार १ सय ८१ मा खरिद–बिक्री भयो । यसैगरी, सान्जेन जलविद्युत् कम्पनी पाँच करोड १३ लाख सात हजार ५ सय ३७, नेपाल बैंक लिमिटेड दुई करोड ३३ लाख १३ हजार २ सय ६०, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक एक करोड ९२ लाख ४४ हजार ६ सय ४७ र सिभिल बैंकको संस्थापक सेयर एक करोड ७७ लाख ६० हजार ७ सयमा खरिद–बिक्री भए । 

घटेको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ५.७१, विजय लघुवित्त वित्तीय संस्था ४.०८, सानिमा इक्विटी फन्ड २.२९, एक्सेल डेभलपमेन्ट बैंक १.७५ र हिमालय ऊर्जा विकास कम्पनीका सेयरधनीले १.५३ प्रतिशतले कमाए । यस्तै, रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.७०, साञ्जेन जलविद्युत् कम्पनी ४.६८, स्वरोजगार लघुवित्त विकास बैंक ४.१८, मितेरी डेभलपमेन्ट बैंक ४.०८ र सुमिट लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.८६ प्रतिशतले गुमाए । 





  • प्रकाशित मिति : साउन २३, २०७६ बिहीबार १८:५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया