मेडिकल कलेजको शुल्क तत्काल घटाउन संसदीय समितिको निर्देशन

काठमाडौं– मेडिकल कलेजको शुल्क तत्काल घटाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति बैठकले मेडिकल कलेजको शुल्कसम्बन्धी विवाद समाधान गर्न गठित उपसमितिले दिएको सुझाबका आधारमा तत्काल शुल्क घटाउन निर्देशन दिएको हो । 

समितिले मेडिकल कलेजको पाठ्यक्रम र शैक्षिक क्यालेन्डरमा एकरुपता ल्याउन पनि सरकारलाई सचेत गराएको छ । समितिले गरिब, जेहेन्दार, द्वन्द्वपीडित परिवारका सदस्यलाई चिकित्सा शिक्षा अध्ययनका लागि ऋण उपलब्ध गराउने विशेष व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ । 

यसअघि उपसमितिले खर्चअभावका कारण जेहेन्दार विद्यार्थी पनि  चिकित्सा शिक्षा अध्ययन गर्नबाट वञ्चित हुने गरेकाले उनीहरुलाई ऋण उपलब्ध गराएर भए पनि सरकारले अध्ययन गर्ने विशेष व्यवस्था गर्नुपर्ने प्रस्ताव पेस गरेका थियो ।





  • प्रकाशित मिति : साउन २४, २०७६ शुक्रबार १६:०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया