एनआइसी एशिया बैंक र चौराहा हस्पिटल बुटवलबीच सम्झौता

एनआइसी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल प्रा.लि, कालिकानगर, बुटवलबीच बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीलाई चौराहा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्की र चौराहा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष श्री सुदन ज्ञवालीले हस्ताक्षर गरे । 

बैंकको मुलुकभर २ सय ९५ शाखा कार्यालय ३ सय २१ एटिएम, ५७ वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् । बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा धरै शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकले जनाएको छ । १७ लाखभन्दा बढी ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेको बैंकको दाबी छ ।  
 
आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैंकलाई संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास पालना गर्न हौसला मिलेको बैंकले जनाएको छ । 





  • प्रकाशित मिति : साउन २४, २०७६ शुक्रबार १६:३३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया