भारतीय प्रहरीले किन पक्रियो कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरीलाई ?

एजेन्सी– भारतको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरीलाई प्रहरीले पक्राउ गरेको छ । सरकारले जम्मु–कस्मिरका अधिकार कटौती गरेसँगै जम्मु र कस्मिरको श्रीनगर पुगेका उनलाई विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । 

यचुरीसँगै प्रहरीले भारतीय कम्युनिस्ट पार्टीका महासचिव डी राजालाई पनि पक्राउ गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार आफ्ना बिरामी नेतालाई भेट्न पुगेका उनीहरुलाई विमानस्थलबाट नियन्त्रणमा लिएर सहर प्रवेशमा रोक लगाइएको छ। 

महासचिव यचुरीले यसअघि जम्मु र कस्मिरका गभर्नर सी सत्यपाल मलिकलाई पत्र लेखेर बिरामी अवस्थामा रहेका आफ्ना नेता मुद युसुफ तरिगामीसँग भेट गर्न श्रीनगर आउन लागेको जानकारी गराएका थिए । युसुफ तरिगामी जम्मु र कस्मिरको विगठित विधानसभाका सदस्य हुन् ।

यचुरीले आफूहरुलाई श्रीनगर प्रवेश गर्न अनुमति नभएको बेहोराको कानुनी आदेशसहितको पत्र थमाएको बताएका छन् । सुरक्षाको कारण भन्दै आफूहरुलाई प्रहरीको सुरक्षा घेरामा पनि प्रवेश गर्न नदिएको उनले बताए ।

सरकारको सो कदमपछि भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)को पोलिटब्युरोले महासचिव यचुरीलाई श्रीनगर प्रवेशमा रोक लगाएकोमा विरोध जनाएको छ । यस्तो कदमले भाजपा सरकारको अधिनायकवादी अनुहार उदांगिएिको भन्दै उसले उसले सरकारको निरंकुश कदमको विरोधमा उत्रिन आह्वानसमेत गरेको छ ।

प्रहरीले बिहीबार मात्रै कांग्रेस नेता जुलाम नबी आजादलाई श्रीनगर विमानस्थलबाट हिरासतमा लिएर नयाँ दिल्ली फर्काएको थियो ।





  • प्रकाशित मिति : साउन २४, २०७६ शुक्रबार १८:२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया