स‌ंघीयताबारे 'प्रचण्ड' चिन्ता– रोपेको एउटा, अर्कै उम्रेला जस्तो भयो

काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताले गलत बाटो लिन लागेकोमा चिन्ता व्यक्त गरेका छन् । संघीयता जनतालाई बोझ थप्न नभई जनतामा भएको बोझलाई हल्का गर्न ल्याइएको भन्दै उनले सिंहदरबारको अधिकार स्थानीय तहमा लैजाने प्रणालीका रुपमा संघीयताको स्थापना भएको बताए । ।

आज राजधानीमा एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामीले रोपेको एउटा, अर्कै उम्रेला जस्तो भएको छ ।’

अहिलेको व्यवस्था स्थापित गर्न जनताले ठूलो योगदान गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले जनताको योगदानलाई अवमूल्यन गरे दुर्भाग्य हुने खतरा औल्याए । ‘जनताले हामीलाई शक्तिशाली सरकारको ठाउँमा ल्याए,’ वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘हामी असफल भयौँ भने राष्ट्र असफल हुन्छ । राष्ट्र असफल भयो भने हामी सबैको आत्मसम्मान समाप्त हुने खतरा हुन्छ ।’

सरकारले जनतालाई घरदैलोमै सेवा दिने बताएका प्रचण्डले अबको दशक समृद्धि र विकासको दशक हुने दाबी गरे । 





  • प्रकाशित मिति : साउन २५, २०७६ शनिबार २०:१२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया