कस्मिर मामलामा पाकिस्तानलाई सहयाेग गर्ने चीनकाे आश्वासन

बेइजिङ– भारतले जम्मु कस्मिरलाई दिइएको विशेष मान्यता खारेज गरेसँगै अन्तर्राष्ट्रिय फोरममा त्यसविरुद्ध आवाज उठाउन थालेको पाकिस्तानलाई चीनले सहयोग गर्ने भएको छ । भारतको कदमपछि आपत्कालीन भ्रमणमा बेइजिङ आइपुगेका पाकिस्तानी समकक्षीसँगको भेटमा चिनियाँ विदेश मन्त्री वाङ यीले यस्तो आश्वासन दिएका हुन् । 

बेइजिङमा भएको भेटमा पाकिस्तानी विदेश मन्त्री शाह महोम्मद कुरेसीले पाकिस्तानको अहिले स्थिति र अब आउने सम्भावित परिस्थितिबारे चिनियाँ समकक्षी वाङलाई जानकारी गराउँदै यस विषयमा चीनको सहयोगको अपेक्षा गरेका थिए । जवाफमा वाङले कस्मिरको विषयमा चीनको विशेष चासो रहेको भन्दै यस विषयमा चीनले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

चीनले आफ्नो वैध अधिकार र हितको रक्षाको निम्ति पाकिस्तानलाई सदैव सहयोग गर्ने वचन दिएका वाङले अन्तर्राष्ट्रिय मञ्चमा पाकिस्तानको न्यायको निम्ति चीनले मध्यस्तता गर्ने बताए । यद्यपि, विदेश मन्त्री वाङले ‘भारत र पाकिस्तान दुवै चीनका हितैसी छिमेकी भएको’ भन्न भने छुटाएनन् । 

गत सोमबार भारतको केन्द्र सरकारले भारत प्रशासित जम्मु–कस्मिरलाई ७० वर्षदेखि दिइएको विशेष राज्यको मान्यता हटाएर केन्द्रशासित प्रदेश बनाउने निर्णय गरेको थियो । पाकिस्तानले भारतको यस निर्णयलाई एकलौटी र गैरकानुनी भन्दै अन्तर्राष्ट्रिय फोरमहरुमा आवाज उठाउने बताइरहेको छ । जम्मु–कस्मिरका सम्बन्धमा भारत र पाकिस्तानबीच सात दशकभन्दा लामो विवाद कायमै छ ।





  • प्रकाशित मिति : साउन २५, २०७६ शनिबार २०:३९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया