एकैदिन दुई गाउँपालिका अध्यक्षको गाडी जलाइयो, आशंका विप्लव समूहतर्फ
साङ्केतिक तस्वीर

काठमाडौं– दाङ र कपिलवस्तुमा एकै दिन दुई गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी गरिएको छ । 

शनिबार मध्यराति भएका यी दुवै आगजनी कसले र किन गरेको हो भन्ने खुलेको छैन । तर, प्रहरीले विप्लव समूहले यी आगजनी गरेको हुनसक्ने आशंका गरेको छ । 

दाङमा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडी र कपिलवस्तुमा मायादेवी गाउँपालिकाका प्रमुख बजरंगी चौधरी चढ्ने गाडीमाथि आगजनी भएको हो । 

दुवै सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेको र घटनास्थलमा केही नभेटिएकाले प्रहरीले अनुसन्धान सुरु गरेको छ । तर, ती क्षेत्रमा पछिल्लो समय विप्लव समूहले आफ्ना गतिविधि बढाएकाले विप्लव समूहले गाउँपालिका अध्यक्षहरुको गाडीमा आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ । 

पछिल्लो समय पश्चिममा विप्लव समूहले आफ्ना गतिविधि बढाएको छ । उनीहरुले अबका दुई महिना आर्थिक संकलनमा केन्द्रित हुने रणनीति लिएका छन् । त्यसैले गाउँपालिका अध्यक्षहरुसँग समेत उनीहरुले चन्दा दिन बारम्बार धम्की दिँदै आएका छन् । 





  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार ९:३४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया