रानीको प्रहरी लुक्स

एजेन्सी– लामो समयपछि बलिउड अभिनेत्री रानी मुखर्जी फेरि ठूलो पर्दामा देखिने भएकी छिन् । उनी फिल्म ‘मर्दानी २’बाट ठूलो पर्दामा फर्किएकी हुन् । यो फिल्मको सुटिङ सकिएको छ । 

फिल्म निर्माता यशराज फिल्मले इन्स्टाग्राममा रानीको एउटा फोटो राखेको छ जसले यो फिल्मको चर्चा फेरि बढेको छ । त्यही पोस्टमा यसको रिलिज मिति १३ डिसेम्बर भनिएको छ ।

अहिले चर्चा चलेको चाहिँ रानीको प्रहरी लुक्सका कारण हो । 

यो फिल्म सन् २०१४ मा आएको मर्दानी फिल्मको सिक्वेल हो । सिक्वेलमा रानी इन्स्पेक्टरको भूमिकामा देखिँदै छिन् । फिल्मको निर्माण उनका पति आदित्य चोपडाले गरेका हुन् । 





  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार ९:५१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया