बलिउड अभिनेत्रीको सिको गर्दै नेपाली अभिनेत्री, युट्युबमा जोडिइन् केकी पनि !

काठमाडौं– पछिल्लो समय जब बलिउड अभिनेत्री आलिया भट्टले आफ्नै युट्युब च्यानल सुरु गर्ने घोषणा गरिन्, तब उनको चर्चा निकै चल्यो, बलिउडमा । उनले त्यसलाई अहिले पनि सक्रिय बनाइरहेकी चाहिँ छिन् । 

उनको सिको गरेको भनौँ, अन्य बलिउड अभिनेत्रीले पनि विस्तारै युट्युबमा आफ्नो प्रिजेन्स देखाउन थाले । 

अब यो ट्रेन्ड नेपालमा पनि सुरु भएको छ । केही समयअघि मात्र नेपाली अभिनेत्री प्रियंका कार्कीले युट्युबमा आफ्नो च्यानल खोलेकी थिइन् । अब अर्की अभिनेत्री केकी अधिकारी पनि युट्युबमा आफ्नो च्यानलमा भेटिन सक्नेछिन् । 

प्रियंकाले त आफ्नो युट्युबमा केही भिडियोहरु पनि हालिसकेकी छिन् । केकीले चाहिँ अहिलेसम्म केही भिडियो अपलोड गरेकी छैनन् । 

प्रियंकाको च्यानललाई ४४ हजारभन्दा धेरैले फलो गरिसकेका छन् । उनले अपलोड गरेका भिडियोहरु पनि निकै रुचाइएका छन् । 

यता, केकीले चाहिँ आफ्नो फेसबुक पेजबाट युट्युब च्यानलमा सब्सक्राइब गर्न आफ्ना फलोअरलाई अनुरोध गरेकी छिन् । 



यसअघि नेपाली गायक तथा अन्य कलाकारले चाहिँ युट्युबममा राम्रो उपस्थिति जनाइसकेका छन् । प्रकाश सपुत, दुर्गेस थापालगायतका व्यक्तिगत च्यानलबाट नै अपलोड गरिएका कतिपय गीतहरु ट्रेन्डिङमा समेत पर्ने गरेका छन् । 



  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार १४:१८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया