मिकाले गाए पाकिस्तानमा, चर्कियो विरोध

एजेन्सी– भारतले आफ्नो संविधानको अनुच्छेद ३७० लाई निष्प्रभावी बनाउँदै जम्मु कश्मिरको विशेष राज्यको दर्जा हटाएपछि भारत र पाकिस्तानबीच समस्या बढिरहेको छ । तर,

यही बीच भारतीय गायक मिका सिंहले पाकिस्तानमा एउटा कार्यक्रममा सहभागिता जनाएका छन् । 

यो कुरा बाहिर के मात्र आएको थियो, भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताहरुले उनको चर्को विरोध गर्न थालेका छन् । 

मिकाले पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशरर्फका आफन्तको विवाहको कार्यक्रममा आफ्नो प्रस्तुति दिएको पाकिस्तानी पत्रकार नायला इनायतले ट्विटरमा लेख्दै जानकारी दिएकी थिइन् । त्यसपछि त मिकाविरुद्ध भारतका मात्र होइन, पाकिस्तानकै ट्विटर प्रयोगकर्ताले गाली गर्दै सामाजिक सन्जालमा आक्रोश पोखिरहेका छन् ।





  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार १५:३६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया