हिन्दु श्रेष्ठता हिटलरशाहीको अर्को संस्करणः इमरान खान

एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एक ट्विट गर्दै विश्व सामु प्रश्न गरेका छन् । उनले ट्विटरमा आइतबार आरएसएसको विचारधाराबाट आफू डराएको र यो नाजी विचारधाराबाट प्रभावित भएको लेखेका छन् । 

‘भारतको कब्जामा रहेको कश्मिरमा कफ्र्यु, जनसंहारको कारण आरएसएसको विचारधारा हो, जुन नाजी विचारधाराबाट प्रभावित छ,’ उनले लेखेका छन्, ‘नश्लको हत्या गर्दै कश्मिरको डेमोग्राफी बदल्ने कोसिस गरिएको छ । प्रश्न यो हो कि के विश्वले यो कुरा हेरिरहने मात्र हो, जुन हिटलरको समयमा पनि भएको थियो ?’

इमरानले दोस्रो ट्विट गरेका छन्, ‘म आरएसएसको हिन्दु श्रेष्ठताको विचारधाराबाट डराएको छु । किनकि यो नाजी आर्यन श्रेष्ठता जस्तै हा । हिन्दु श्रेष्ठता हिटलरशाहीको अर्को संस्करण मात्र हो ।’

भारतले आफ्नो संविधानबाट अनुच्छेद ३७० निष्प्रभावी पारेपछि पाकिस्तानले भारतसँग आफ्नो कुटनीतिक सम्बन्ध सिमित गर्ने र व्यापारिक सम्बन्ध तोड्ने निर्णय गरेको थियो । भारतले ३७० अनुच्छेद निष्प्रभावी गरेसँगै जम्मु कश्मिर पुनर्गठन हुँदै केन्द्र प्रशासित राज्य बनेको थियो । 





  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार १६:४९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया