न्युरोडमा लुटिइन् प्रदेश सभा सांसद्

काठमाडौं– प्रदेश नम्बर ३ की सांसद् भावना सुवेदी न्युरोडमा लुटिएकी छिन् । लुटेराले उनको झोलामा रहेको पर्स निकालेर भागेको हो । 

आफूहरु भीड छिचोल्दै अगाडि बढेको र त्यही समयमा आफू लुटिएको सुवेदीले बताएकी छिन् । 

उनले आफ्नो पर्समा ७ हजार रुपैयाँ, एटिएम, केही महत्वपूर्ण कागज र परिचयपत्रसमेत रहेको बताइन् ।

एटिएमको पिन कोड पनि त्यही पर्समा एउटा कागजमा लेखेर राखेकाले बैंकमा यसबारे जानकारी समेत दिइसकेको उनले बताएकी छिन् ।

चितवनकी सुवेदी समानुपातिकबाट प्रदेशकी सांसद् बनेकी हुन् ।





  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार १७:२९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया