नातिलाई परीक्षा केन्द्र पुर्याउन हजुरआमाले बोलाइन् पुलिस

एजेन्सी– सामान्यतया हेर्ने हो भने कुनै घटना भयो भने वा सुरक्षाका लागि प्रहरी बोलाइन्छ । 

तर, थाइल्यान्डमा एउटा अनौठो घटना बाहिर आएको छ । किनकि त्यहाँ एक हजुरआमाले आफ्नो नातिलाई परीक्षा केन्द्र पुर्याउन प्रहरी बोलाएकी छिन् । खासमा नाति परीक्षाको दिनमा पनि नउठेकाले उसलाई उठाउन र परीक्षा दिन पठाउनका लागि प्रहरीलाई बोलाइएको हो । 

बैंककमा भएको यो घटनामा प्रहरीले समयमा नै पुगेर ती हजुरआमाका नातिलाई उठाएनन् मात्र पढाइको महत्त्वबारे पनि सम्झाए । अनि उनलाई प्रहरीले नै परीक्षा केन्द्र पुर्याइदिए ।

प्रहरीले ती युवकलाई नयाँ कलम पनि उपहार दियो । प्रहरीले आफ्नै स्कुटरमा राखेर त युवालाई परीक्षा केन्द्र पुर्याउँदा एएटा कलम पनि दिएका थिए । थाइ प्रहरीले आफ्नो फेसबुक पेजमा यो घटना लेखेपछि अत्यन्त धेरै प्रशंसा बटुलिरहेको छ । 





  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार १९:३९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया