काठमाडौं– इस्लाम धर्मावलम्बीहरुको महान चाड इद उल अजहा (बकर इद) को अवसरमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुलाई बधाई तथा शुभकामना दिएका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै तिमिल्सिनाले नेपालले सबै समुदाय र धर्मको सम्मानमा विश्वास गर्ने र विविधता भित्र एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता भएको उल्लेख गरेका छन् ।
‘यस चाडले नेपाली समुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गरी देशको समृद्धिको यात्रामा साथ पुग्ने विश्वास लिएको छु,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।