क्रिस गेलले बनाए नयाँ रेकर्ड

एजेन्सी– वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले अहिले जारी भारतविरुद्धको खेलमा क्रिजमा पुग्दा नपुग्दै नयाँ रेकर्ड बनाए । उनी ३ सय खेल खेल्ने वेस्टइन्डिजका पहिलो खेलाडी बनेका हुन् ।

भारतविरुद्ध नै सेप्टेम्बर १९९९ मा टोरन्टोमा पहिलो पटक एक दिवशीय खेल खेलेर करिअर सुरु गरेका क्रिस गेलले ब्रायन लाराको रेकर्ड तोडेका हुन् । ब्रायनले १९९० देखि २००७ सम्म २९९ एक दिवशीय खेल खेलेका थिए । क्रिस गेलले एक दिवशीयमा १३ शतकभन्दा धेरै हान्ने २१ औं खेलाडी पनि बनेका छन् । 

‘यो एउटा ठूलो उपलब्धि हो, मैले यो ठाउँसम्म पुग्छु भन्ने सोचेको पनि थिइनँ,’ गेलले यस विषयमा प्रतिक्रिया दिएका छन्, ‘म यसका लागि भगवानलाई धन्यवाद दिन्छु ।’

अहिलेसम्म सबैभन्दा धेरै एक दिवशीय खेल खेलेको रेकर्ड चाहिँ सचिन तेन्दुल्करले बनाएका छन् । उनले ४६३ खेल खेलेका छन् । 
 





  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार २२:१९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया