उमालेका दुई अन्डाको मूल्य १७०० रुपैयाँ !

एजेन्सी– केही समयअघि भारतमा एउटा होटल जेडब्ल्यू म्यारिएटमा दुई केरालाई ४४० रुपैयाँ परेको कुराले तहल्का पिटेको थियो । 

तर, अब त्यो भन्दा पनि अझ चर्को अर्को विषय आएको छ । यो पनि खानाकै विषय हो । किनकि यसपटक एउटा होटलले दुई वटा उमालेको अन्डालाई १७ सय भारतीय रुपैयाँ चार्ज गरेको छ । मुम्बईको हाइ एन्ड फोर सिजन्स होटलले यो चार्ज गरेको हो । 

यही बिलमा होटलले दुई वटा अन्डाको अम्लेटको मूल्य पनि १७ सय रुपैयाँ राखेको छ । यो बिल कार्तिकले तिरेका हुन् । उनी भारतका लेखक हुन् । 

होटलको बिल ट्विटरमा राखेपछि उनले अनेक किसिमका प्रतिक्रिया पाएका छन् । एकजना ट्विटर प्रयोगकर्ताले त लेखेका छन्– के यो अन्डासँगै सुन पनि आएको थियो ?





  • प्रकाशित मिति : साउन २६, २०७६ आइतबार २२:५२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया