एजेन्सी– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली उम्दा ब्याट्सम्यान हुन् । तर, पाँच महिना यता उनको ब्याटिङमा खडेरी लागेको थियो । उनले ८ मार्च यता कुनै शतक प्रहार गर्न सकेका थिएनन् ।
अब यो खडेरीमा ब्रेक लागेको छ । उनले वेस्टइन्डिजविरुद्धको दोस्रो एक दिवशीय खेलमा शतकीय पारी खेलेका छन् । विराटको शतकसँगै भारतले वेस्ट इन्डिजलाई सामु जितका लागि २८० रनको लक्ष्य राखेको छ ।
यो शतकसँगै विराट कोहलीसँग अब एक दिवशीय खेलमा ४२ शतक भएका छन् । त्यसो त विराटले केही समयअघि सकिएको विश्वकपमा पाँच अर्धशतक प्रहार गरेका थिए तर उनी शतक बनाउनबाट चुकेका थिए ।
यसभन्दा अगाडि उनले अष्ट्रेलियाविरुद्ध ८ मार्चमा राँचीमा भएको खेलमा शतक प्रहार गरेका थिए ।
अब विराट कोहलीले वेस्ट इन्डिजविरुद्ध मात्र आठ शतक प्रहार गरेका छन् । कुनै पनि एउटा टिमविरुद्ध सबैभन्दा धेरै शतक प्रहार गर्नेमा उनीभन्दा अब सचिन तेन्दुल्करमात्र अगाडि छन् ।
यो शतकसँगै विराटले एक दिवशीयमा ११ हजार ४०६ रन आफ्नो नाममा दर्ज गरिसकेका छन् । यो विश्वमा वान डे क्रिकेटमा बनाइएका रनमध्ये आठौँ सबैभन्दा ठूलो रन हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।