सिंगापुरमा उपचार गराएर ९ दिनपछि फर्किए प्रधानमन्त्री ओली
फाइल तस्वीर ।

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्किएका छन् । उनी ९ दिन अगाडि उपचारका लागि भन्दै सिंगापुर गएका थिए । 

यसअघि शुक्रबार नै फर्किने कार्यक्रम तय भएको थियो । तर, अस्पतालको चेकजाँच प्रक्रिया नसकिएको भन्दै ओली सोमबारमात्र फर्किएका हुन् । 

प्रधानमन्त्री ओलीको सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । उनको स्वास्थ्यअवस्था सामान्य रहेको जानकारी दिइए पनि उनको के उपचार गरिएको भन्ने जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन । 

ओलीलाई सोमबार विमानस्थलमा स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत पुगेका थिए ।





  • प्रकाशित मिति : साउन २७, २०७६ साेमबार १३:३३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया