हङकङको विमानस्थलभर प्रदर्शनकारी, सबै उडान रद्द

एजेन्सी– हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान रद्द भएका छन् । सरकारको विरोध गरिरहेका प्रदर्शनकारीले मुख्य टर्मिनल घेरा हालेपछि उडानहरु रद्द गरिएका हुन् । 
अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुका अनुसार हङकङको विमानस्थलमा हजारौँ मानिस पुगेका छन् । उनीहरुले त्यहाँ कुनै पनि काम हुन दिएका छैनन् ।

आइतबार प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारी थप रुष्ट बनेका छन् । उनीहरुले विरोधलाई थप चर्काएपछि हङकङ विमानस्थलले सबै उडानहरु रद्द गर्ने निर्णय गरेको हो । विमानस्थल प्रशासनले अन्यलाई विमानस्थल नआउन अनुरोध गरेका छन् ।

सन् २०१८ मा हङकङ विमानस्थल प्रयोग गरेर ७ करोड ५० लाख मानिस आवतजावत गरेका थिए ।

अहिले तत्कालका लागि हङकङमा जारी आन्दोलन रोकिने कुनै छाँटकाँट देखिएको छैन । 

दर्शनकारीले हङकङका मुख्य सहरमा प्रदर्शन गर्न थालेको अब १० औं साता भइसकेको छ । 

आइतबार राति पनि प्रदर्शनकारीलाई तितरबितर बनाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको समाचार छापिएका छन् । प्रहरीले प्रदर्शनकारीमाथि बन्द रेलवे स्टेसनमा समेत अश्रुग्यास प्रहार गरेको छ ।



वान चाइ जिल्लामा प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बमसमेत प्रहार गरेका थिए । घटनामा केही प्रहरी अधिकारीसहित प्रदर्शनकारी पनि घाइते भएका छन् । 

यो आन्दोलन खासमा सुपुर्दगी विधेयकको विरोधमा सुरु भएको थियो । हङकङ संसदले अहिले तत्कालका लागि त्यो विधेयक स्थगित गरेको छ । तर, प्रदर्शनकारीले हङकङ नेता क्यारी लामको राजीनामा माग गरेका छन् । 



प्रदर्शनकारी र हङकङ प्र्रशासन दुवै लचक हुने मनस्थितिमा देखिँदैनन् । त्यसैले यो आन्दोलन अझ सशक्त हुनसक्ने अनुमान गरिएका छन् । 


  • प्रकाशित मिति : साउन २७, २०७६ साेमबार १५:३०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया