सहिद गंगालाल हृदय केन्द्रको निमित्त निर्देशकमा डा. युवराज लिम्बू नियुक्त

काठमाडौं- सहिद गंगालाल हृदय केन्द्र बाँसबारीको निमित्त निर्देशक पदको जिम्मेवारी डा. युवराज लिम्बूलाई दिइएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्ङ्ख्यामन्त्री उपेन्द्र यादवले  साेमबार मन्त्रिस्तरीय निर्णय गर्दै डा. लिम्बूलाई सो जिम्मेवारी दिएका हुन् ।

केन्द्रका निर्देशक प्रा.डा.ज्योतिन्द्र शर्माको चारवर्षे कार्यकाल शनिबारदेखि समाप्त भएको थियो । अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि डा. लिम्बूलाई निमित्त निर्देशक पदको जिम्मेवारी दिइएको उपप्रधानमन्त्री यादवको सचिवालयले जनाएको छ । 





  • प्रकाशित मिति : साउन २७, २०७६ साेमबार १५:५०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया