भ्रष्टाचारको आरोप लागेका पूर्वसरकारी कर्मचारीले गरे आत्महत्या, सुसाइड नोटमा प्रमुख आयुक्त घिमिरेको नाम समावेश

काठमाडौं– भ्रष्टाचारको आरोप लागेका एक पूर्वसरकारी कर्मचारीले आत्महत्या गरेका छन् । उदयपुर त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाद आचार्यले शनिबार राति झुण्डिएर आत्महत्या गरेका हुन् । 

आत्महत्या गरेका आचार्यको  सुसाइड नोटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नामसमेत जोडिएको छ । आफू निर्दोष रहेको, तर विशेष अदालतमा आफूविरुद्ध मुद्दा रहेको भन्दै उनले अख्तियार प्रमुख आयुक्त घिमिरेको ‘आयु २०० वर्ष होस्’ लेखेका छन् । 

आचार्य मालपोत कार्यालय कलंकीमा कार्यरत रहँदा अख्तियारले एक वर्षअघि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यतिवेला आचार्यले सफाइसमेत पाएका थिए । अख्तियारले फेरि गत जेठ २६ गते उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यस्तो थियो आचार्यको सुसाइड नोट

‘सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन, तर म देशको ठूलो भ्रष्टाचारी भएँ, अख्तियार प्रमुख आयुक्त नवीनकुमार घिमिरेको ‘आयु २ सय वर्ष होस्,’ मजस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाइ, काठमाडौंले सहयोग गर्नू ।

आफ्नो नाममा पुराण लगाउने काम नगर्नू र नउक्साउनू । मलाई सबैले राम्रो देख्लान् तर पारिवारिक वातावरण मिलाउन सकिनँ । कामबाट चोखिने काम मात्र गर्नू । मैले काम गर्दा भएको गल्ती हो । स्वीकार गरी नेपाल सरकार बनाइसकेको थिएँ ।



‘ममीले छोराहरुसँग र सासूसँग मिलेर बस्नू र छोराले पनि ममीलाई राम्रो गर्नू । म बिदा भएँ । खातामा पैसा छन् । श्रीमती केही जान्दिनन् । साथीभाइले मनैले सहयोग गर्नू । मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नू ।

कान्छो छोराको ब्याचलर सकुँला भनेको थिएँ सकिनँ, पापी भएँ । वाणिज्य, नेपाल, एनसिसी, एनआइसी बैंकमा के कति पैसा छ, चेक दराजभित्र सानो ब्यागमा छ, अन्यमा पैसा भए पनि कमै छ । ‘वीरेन्द्र काकालगायत छिमेकीले भैँसी, खसी तह लगाइदिनू । आमा, साहिली बुहारी र भतिजाले सुरक्षा गर्नू ।’



सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाडौं बस्नू । गोमाले रंगीन लुगा लगाउनू । १३औँ दिनमा सबै फुकाउनू । नेपाल निजामती कर्मचारी संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनू ।’

  • प्रकाशित मिति : साउन २७, २०७६ साेमबार १६:५४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया