एजेन्सी– विश्व स्वास्थ्य संगठनले इबोला भएका बिरामीहरुको उपचारका लागि नयाँ नयाँ औषधि प्रयोग गर्ने क्रममा एक औषधिले निकै राम्रो नतिजा दिएको पत्ता लगाएका छन् ।
आरइजिएन–इबिथ्री नाम दिइएको उपचार पद्धतिमा एमएबी११४ नामको औषधिले निकै राम्रो नतिजा दिएको र यसलाई नै इबोलाको औषधि मान्न सकिने निष्कर्षमा उनीहरु पुगेका छन् । यो प्रयोग कंगोमा इबोला पीडितहरुसँग गरिएको थियो । यसलाई दुई एन्टिबायोटिक औषधि म्याप र रेमडेसिभिरसँग दिइएको थियो ।
यसको परीक्षण गत नोभेम्बरबाट सुरु गरिएको थियो ।
अहिले पनि फेरि इबोलाको महामारी फैलिएको छ । यो इबोला महामारीको दोस्रो उदाहरण हो । यसअघि इबोलाका कारण १८ सयभन्दा धेरै व्यक्तिको मृत्यु भइसकेको छ ।
‘यो अत्यन्त सकारात्मक कदम हो,’ विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले भनेका छन्, ‘यसले हामीलाई सन्तोषजनक नतिजा दिनेमा हामी विश्वस्त छौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।