अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

काठमाडौं– नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । 

सन्दीप स्वयंले माइक्रो ब्लगिङ साइट ट्विटरमा दिएको सूचना अनुसार उनी आज (मंगलबार) भिसा लिनका लागि दूतावासमा पुगेका थिए ।

‘आज म अमेरिकी दूतावास पुगेँ, सिपिएलका लागि अमेरिका जानु पर्ने भएकाले आवेदन दिन गएको थिएँ,’ सन्दीपले ट्विटरमा लेखेका छन्, ‘मलाई मेरो भिसा रिजेक्ट हुँदा ठूलो आश्चर्य लागेको छ ।’

सन्दीपले ट्विटरमा आफूसँग पर्याप्त र आवश्यक सबै कागजपत्र भएपनि दूतावासमा भिसा अस्वीकार गरिएको भन्दै प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतलाई ट्विटरमा मेन्सनसमेत गरेका छन् । 

 






  • प्रकाशित मिति : साउन २८, २०७६ मंगलबार ११:२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया