सोलुखुम्बुको फाप्लु विमानस्थलमा ‘वाई १२ ई’ जहाजकाे परीक्षण उडान

काठमाडौं– नेपाल वायुसेवा निगमको ‘वाई १२ ई’ जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा परीक्षण उडान भरेको छ ।

चीनमा निर्मित उक्त विमानले मंगलबार पहिलोपटक सफल परीक्षण उडान भरेको हो । चौध सिट क्षमता भएको उक्त जहाजले ओखलढुंगाको रुम्जाटारमा पनि मंगलबारै उडान भरेको निगमका ‘अपरेसन डाइरेक्टर’ एवं ‘क्याप्टेन’ दीपुराज ज्वारचनले जानकारी दिए । 

वि.सं २०७१ मा नेपाल सरकारले चीन सरकारको सहयोगमा  चारवटा  ‘वाई१२ई’ जहाज भित्र्याएको थियो । उक्त विमानले करिब १० दिनको अवधिमा पूर्वको भोजपुर, ताप्लेजुङ, रुम्जाटार र फाप्लुमा परीक्षण उडान भरेको उनको भनाइ थियो ।

हाल उक्त जहाजले सुदूरपश्चिमका जिल्लामा उडान भर्दै आएको निगमले जनाएको छ । उक्त विमान छोटो धावन मार्ग भएका विमान स्थलका लागि उडान तथा अवतरणका लागि प्रभावकारी मानिन्छ । 





  • प्रकाशित मिति : साउन २८, २०७६ मंगलबार १५:५८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया