पोखरा– पोखरा न्युरोडको भाटभटेनी सुपरमार्केट अगाडि भीषण आगलागी भएको छ ।
भाटभटेनीअगाडिको फर्निचर पसलबाट सुरु भएको आगो फैलिने क्रममा छ ।
अपराह्न साढे ४ बजेबाट सुरु भएको आगलागीबाट चारवटा पसलमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।
अहिले दमकल प्रयोग गरेर आगलागी नियन्त्रणको प्रयास गरिएको छ ।
आगलागिबारे थप विवरण आउन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।