पुलमा ट्रक ठोकियो, राजमार्ग अवरुद्ध

भरतपुर– नवलपरासीको अरुणखोलामा पुल भाँचिएको छ । ट्रकले ठक्कर दिँदा भाँचिएको पुलका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । 

नवलपरासीको मध्यविन्दु नगरपालिकाको अरुण खोलामा पर्ने पुल बुधबार भाँचिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किएको हो । 

पुल दुई मिटर तल लच्किएको र त्यहाँबाट ठूला सवारीसाधान आवतजावत गर्न समस्या भएको प्रहरीले जनाएको छ । 

प्रहरीले पुलमा अड्किएको ट्रक निकाल्न सुरु गरिसकेको छ । तर, ट्रक निकाले पनि पुल भाँसिएकाले त्यहाँबाट ठूला सवारी साधन आवतजावतमा समस्या पर्न सक्ने बताइएको छ । 





  • प्रकाशित मिति : साउन २९, २०७६ बुधबार ९:२६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया