आफूमाथि घरेलू हिंसा भएको गुनासो गरेकी अभिनेत्रीकी छोरीले भनिन्– आमा होइन, म पीडित

एजेन्सी– बलिउड अभिनेत्री श्वेता तिवारी आफ्नो विवाहको विषयमा फेरि एकपटक चर्चामा आएकी छिन् । सोमबार भारतीय मिडियामा बढो प्राथमिकताका साथ उनका पति अभिनव कोहलीलाई घरेलू हिंसाको आरोपमा गिरफ्तार गरिएको समाचार आयो । 

अब यो मुद्दामा श्वेतामात्र होइन, उनकी छोरी पनि जोडिएकी छिन् । उनकी छोरी पलक तिवारीले सामाजिक सन्जालमा एउटा खुला चिठी लेखेकी छिन् । उनले त्यसमा लेखेकी छिन्, ‘सबैभन्दा पहिले म सबैलाई धन्यवाद दिन चाहन्छु, कि तपाईंहरुले समर्थन गर्नुभयो । दोस्रो कुरा म के स्पष्ट गर्न चाहन्छु भने कयौँपटक घरेलू हिंसाको शिकार म भएकी छु, मेरी आमा होइन ।’

उनले अहिले पनि आफू आमाको साथमा भएको र अभिनव कोहलीले आफूलाई शारीरिक रुपमा नछोएपनि अत्यन्त भद्दा कमेन्ट गर्ने गरेको गुनासो गरेकी छिन् । 





  • प्रकाशित मिति : साउन २९, २०७६ बुधबार ९:३५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया