नेपाली महिला फुटबल टिम नादेज्दा कपका लागि किर्गिस्तान जाने

काठमाडौं– नेपाली महिला फुटबल टिम किर्गिस्तानमा प्रतियोगिता खेल्न जाने भएको छ । आगामी डिसेम्बरमा हुने दक्षिण एसियाली खेलकुदको तयारीका लागि नेपाली महिला फुटबल टिम किर्गिस्तान जान लागेको हो ।

नेपाली महिला फुटबल टिमले किर्गिस्तानको काराकोल सहरमा हुने नादेज्दा कपमा प्रतिस्पर्धा गर्नेछ । नादेज्दा कप आगामी सेप्टेम्बरको ८ देखि १२ तारिखसम्म हुनेछ । 

आयोजकले जनाएअनुसार प्रतियोगिता फुटबलको अन्तर्राष्ट्रिय नियममा रहेर हुनेछ । प्रतियोगितामा नेपाललगायत उज्वेकिस्तान, ताजस्कितान र किर्गिजस्तान रहनेछन् ।

प्रतियोगितामा हरेक टिमले ३ खेल खेल्नेछ । प्रतियोगितामा सहभागी सबै टिमले एक–अर्काविरुद्ध एक–एक खेल खेल्नेछन् । 

सोही खेलमा पाएको अंकका आधारमा पहिलो र दोस्रो हुने टिमले कपका लागि प्रतिस्पर्धा गर्नेछन् ।

खेल तालिका



सेप्टेम्बर ८ – गणतान्त्रिक किर्गिज भर्सेज नेपाल

सेप्टेम्बर ९– उज्वेकिस्तान भर्सेज नेपाल



सेप्टेम्बर १०– नेपाल भर्सेज ताजकिस्तान

सेप्टेम्बर १२– तेस्रो भर्सेज चौथो

सेप्टेम्बर १२– पहिलो भर्सेज दोस्रो

  • प्रकाशित मिति : साउन २९, २०७६ बुधबार १६:६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया