काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम वा भुटान बनाइदिने बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बैठकमा गिरिले सो कुरा बताएका हुन् ।
समितिको बैठकमा नेपालको सीमा अतिक्रमण, दशगजामा सडक निर्माण, असमान सन्धि–सम्झौतालगायतबारे भएको छलफलमा गिरिले नेपाल–भारत सिमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको टिप्पणी गरे ।
समयमै कूटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराउँदै उनले बोलेर मात्रै कूटनीतिक समस्या समाधान नहुने बताए । नेपालको कमजोर कूटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपूर्ण यथार्थतालाई समयमै आत्मसात् गर्न र पहलकदमी लिन उनले आग्रह गरे ।
उनले भने, सबैभन्दा ठूलो विफलता कूटनीतिक विफलता हो । हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ, भुटान बनाउँछ । तथ्य हो यो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।