मोदीलाई हिटलरसँग तुलना गर्दै इमरानले भने– उनले अन्तिम कार्ड खेले, अब कस्मिर 'आजादी'तर्फ बढ्छ

इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मु–कस्मिरको विशेष दर्जा हटाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कदमलाई हिटलरले नाजीहरुका लागि बनाएको ‘फाइनल सोलुसन’सँग तुलना गरेका छन् ।

‘उनले आफ्नो अन्तिम कार्ड खेलेका छन् । यो हिटलरले नाजीहरुका लागि बनाएको फाइनल सोलुसनजस्तै हो,’ आज पाकिस्तान प्रशासित कस्मिरको सभालाई सम्बोधन गर्दै इमरानले भने, ‘नरेन्द्र मोदीले आफ्नो जुन आखिरी कार्ड खेलेका छन्, योभन्दा पछि कस्मिर स्वतन्त्रतातर्फ अघि बढ्नेछ ।’

भारतले अब पाकिस्तान प्रशासित कस्मिरमा केही गर्ने तयारी गरिरहेको भन्दै इमरानले युद्ध भए त्यसका लागि पाकिस्तान पूर्णरुपले तयार रहेको बताए । भारतीय प्रधानमन्त्री मोदीको नाम लिँदै उनले भने, ‘तपाईंको इँटाको जवाफ पत्थरले दिनेछौँ ।’

आफ्नो भाषणमा प्रधानमन्त्री इमरानले पटकपटक भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को नाम लिए । भारतमा जे पनि भइरहेको छ, त्यो सबै आरएसएसको विचारधाराका कारण भइरहेको उनले बताए । उनले आरएसएसको विचारधारालाई हिटलरको नाजी पार्टीसँग तुलना गर्न पनि भ्याए । 

राष्ट्रिय स्वयंसेवक संघ भारतीय हिन्दु स्वयंसेवकहरुको संगठन हो । सदस्यताका हिसाबले यो विश्वकै ठूलो संगठन हो । यो भारतमा सत्तासीन दल भाजपाको माउसंगठन पनि हो । 





  • प्रकाशित मिति : साउन २९, २०७६ बुधबार १९:४२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया