[शालिकराम पुडासैनी आत्महत्या प्रकरण] रवि लामिछाने र युवराज कँडेल पक्राउ

काठमाडौ‌ं– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेका छन् । आफ्नै पूर्वसहकर्मी पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका लामिछाने आज काठमाडौंबाट पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको छानबिनका लागि रविसँगै उनका सहकर्मी युवराज कँडेललाई पनि पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी परिसरका अनुसार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको अनुरोधमा पक्राउ गरिएको हो ।

यसअघि, पत्रकार पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो । केही दिनअघि चितवनको एक होटलमा मृत भेटिएका पुडासैनीले भिडियोमा आफूलाई लामिछाने, कँडेललगायतले मानसिक यातना दिएर आत्महत्या गर्न बाध्य पारेको बताएका थिए ।





  • प्रकाशित मिति : साउन ३०, २०७६ बिहीबार २०:१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया