रवि लामिछानेसहित तीनजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतको अनुमति

चितवन– टेलिभिजनप्रस्तोता रवि लामिछानेसहित तीनजनालाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।

प्रहरीले अदालतसँग १० दिनको समय माग गरेको भए पनि अदालतले ५ दिनको म्याद दिएको हो । 

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौंबाट पक्राउ गरेर चितवन लगेको थियो ।

प्रहरीले शुक्रबार उनीहरूलाई जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो । 





  • प्रकाशित मिति : साउन ३१, २०७६ शुक्रबार १५:५९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया