प्रधानमन्त्रीलाई डा. बाबुराम भट्टराईकाे प्रश्न : देशमा अस्पताल बनाउन नसक्ने अनि उपचार गर्न विदेश जाने ?’

पोखरा– पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली उपचारका लागि पटक–पटक विदेश गएकोमा आपत्ति जनाएका छन् ।

शुक्रबार समाजवादी पार्टी गण्डकी प्रदेशले पोखरामा गरेको पार्टी समायोजन तथा शपथ ग्रहण कार्यक्रममा बोल्दै उनले सरकारले व्यक्तिगत चाहनाभन्दा पनि जनताको चाहनालाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । 

प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै डा. भट्टराईले प्रश्न गरे, ‘आफ्नो देशमा अस्पताल बनाउन नसक्ने अनि आफूचाहिँ उपचार गर्न विदेश जाने ?’ उनको थप प्रश्न थियो, ‘उहाँलाई समस्या थाहा रैछ त । नेपालमै राम्रो उपचार हुने अस्पताल खोल्न किन सक्नुहुन्न ?’ 

भट्टराईले समाजवादी पार्टी हात्ती छाप चप्पल नभएर साँच्चै हात्ती भएको दाबी गरे । ‘यो हात्तीजस्तै बलियो देखाउन बनाइएको हात्ती छाप चप्पल पनि होइन,’ भट्टराईले भने, ‘समाजवादी पार्टी हात्ती हो । स्वस्थ र बलियो हात्ती हो ।’

कांग्रेस र कम्युनिस्टको झन्डा पेप्सी र कोकाकोलाको जस्तो ब्रान्ड भइसकेको बताउँदै उनले भने, ‘अब तिनीहरुको कामै छैन, त्यो ब्रान्ड भइसकेको झन्डामुनि बसेर समृद्धि आउँदैन ।’

कम्युनिस्ट भनाउँदा पार्टी नै संघीयताको मर्मविपरीत गइरहेको भन्दै भट्टराईले कम्युनिस्ट सरकारका कारण गर्दा नेपाल विश्वमै लज्जित हुनुपरेको बताए ।





  • प्रकाशित मिति : साउन ३१, २०७६ शुक्रबार १८:३३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया