चन्द्रागिरि नगरपालिकामा मदन भण्डारी स्मृति पार्क निर्माण गरिने

काठमाडौं– चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो । 

काठमाडौं महानगरपालिकाको एक करोड तथा चन्द्रागिरि नगरपालिकाको एक करोड लागतमा उक्त उद्यान बन्न लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए । 

‘काठमाडौं महानगरपालिकाले प्रत्येक नगरपालिकालाई पार्क निर्माणका लागि एक करोड विनियोजन गरेसँगै मदन भण्डारी उद्यान निर्माण गर्न लागेका हौँ,’ उनले भने । उक्त उद्यानको बिहीबार शिलान्यास गरिएको छ ।  

चन्द्रागिरि नगरपालिकाको पर्यटकीय विकासका लागि केबलकार, कालु पाण्डे समाधिस्थल, मातातीर्थलगायतले सहयोग पुग्ने उनको भनाइ थियो । उद्यान निर्माणसँगै चन्द्रागिरि नगरपालिकाको पर्यटनमा थप सहयोग पुग्ने गिरीले बताए । 





  • प्रकाशित मिति : साउन ३२, २०७६ शनिबार १५:७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया