अबको निर्वाचनपछि म पदमा रहिरहन्न, त्यति बेलासम्म धैर्य गर्नुस्ः प्रधानमन्त्री ओली

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्दै अहिलेको सरकारको स्थायित्व तथा यसको शक्तिबारे खुलेर कुरा गरेका छन् । 

‘यो सरकार कुनै आवेश, उत्तेजना तथा फ्रस्टेसनबाट बनेको होइन,’ प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा भने, ‘कोहीभन्दा कम त्याग, तपस्या तथा योगदान गरेर यो पार्टीले यो स्थान पाएको होइन ।’

उनले नेपाल कम्युनिस्ट पार्टीले कुनै पनि आधारमा जनताको आलोचना व्यहोर्नु पर्ने अवस्था बनेको छैन । ‘त्यसैले अहिलेको सरकारलाई अधिनायकवाद तर्फ गयो भन्नु पर्दैन,’ उनले भने, ‘अहिलेको सरकार लोकतन्त्रप्रति प्रतिबद्ध छ ।’

उनले यो सरकारको उद्देश्य नै लोकतन्त्रलाई सुदृढ गर्नु भएको बताए । 

तर, अहिले सरकारको संयम हेरेर केही तत्वहरु लागिरहेको भन्दै उनले अहिले संविधान उल्ट्याउँछु भन्ने कुरा यो सरकारलाई मान्य नहुने पनि बताए । 

‘त्यस्ता कदम गर्ने तत्वहरु नहौसिए हुने हो,’ प्रधानमन्त्री केपी ओलीले भने, ‘पद नगएको कोही मान्छे कोही देखेको छैन । तर, प्रधानमन्त्री कामेको छ भन्ने हल्ला गरे ।’



उनले अब हुने निर्वाचनपछि आफू प्रधानमन्त्री नभइरहने बताए । ‘अबको निर्वाचनसम्म धैर्य गर्नुस्,’ उनले भने, ‘केही प्रतिगामी तत्वका कारण अहिलेको सरकार भाग्छ भन्ने दिवास्वप्न नदेखे हुन्छ ।’ उनले सरकारले ठूला चुनौति सामना गरेको आएको पनि बताए । 



  • प्रकाशित मिति : भदौ १, २०७६ आइतबार ११:३८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया