चुनिएका कपडा मात्र लगाउँछन् पुटिन

चौँथो कार्यकालका लागि चुनिएका रूसका राष्ट्रपति भ्लादिमिर पुटिन ‘फिटनेस’मा ध्यान राख्ने व्यक्तिका रूपमा चिनिन्छन् । सामान्यतया ‘फिटनेस’का लागि बिहान सबेरै उठेर रातमा पनि चाँडै सुत्नुपर्छ भन्ने धारणा आम मानिसमा छ । तर पुटिनको विषयमा भने यो मान्यता ठिक उल्टो भइदिन्छ । न्युजविकका बेन जुडाले तिन सालसम्म अनुसन्धान गरी आफ्नो पुस्तक ‘फ्रेगैल एम्पाएर’मा पुटिनको ‘रुटिन’बारे लेखेका छन् ।

बिहान ढिलोगरी उठ्छन्, पुटिन 

राष्ट्रपति पुटिन बिहान अबेरसम्म सुतेर उठ्छन् । नास्ता खाँदा दिन आधा ढल्किसकेको हुन्छ । उनको नास्तामा एक कटौरा हलुवासँग एउटा ठूलो अम्लेट हुन्छ । योसँगै बटेरको अण्डा र फ्रुट जुस पनि लिन्छन् । नास्ता गरिसकेपछि भने पुटिन कफि पिउन मन पराउँछन् । न्युजविकको रिपोर्ट अनुसार, पुटिनका लागि यी सबैकुरा रूसका धार्मिक नेता ‘पैत्रिआर्क किरिल’को ‘फर्मल्याण्ड स्टेट’बाट आउँछन् ।

दैनिक दुई घण्टा स्विमिङ् र वर्कआउट 

जब पुटिन नास्ता गरिसक्छन्, लगत्तै एक्सरसाइको समय हुन्छ । दैनिक दुई घण्टा स्विमिङ् गर्छन् उनी । स्विमिङ् गरिरहेकै बेला देशलाई लिएर आफ्नो दिनभरको योजना बनाउँछन्, पानीभित्रै । स्विमिङ् सकिएपछि उनी जिम गर्न थाल्छन् । ६५ वर्षको उमेरमा पनि एथलिट् जस्तो उनको शरीर सँधै चर्चाको विषय बन्छ । सन् २०१५ मा रूसका प्रधानमन्त्री दिमित्री मेदवेदेवसँग एक्सरसाइज गरिरहेको फोटो सार्वजनिक भएको थियो । एसक्वायर म्यागजिनका अनुसार, उनको वर्कआउट आउटफिटको मूल्य नै करिब दुई लाख रूपैयाँ हुन आउँछ ।

चुनिएका कपडा मात्र लगाउँछन् 



पुटिन कपडाको सन्दर्भमा एकदमै ‘रूढिवादी’ छन् । उनी ‘बेस्पक शुट्स’ र ‘डोर भ्यालिटिनो’ टाई प्रयोग गर्छन् । रूसको वेभसाइट बियोण्ड द हेडलाइन्सको रिपोर्टमा, पुटिनको मनपर्ने पोशाकको ब्राण्ड ‘किटान’ र ‘ब्रियानी’ हो । 

आधा दिनबाट कामको थालनी 



राष्ट्रपति पुटिन आधा दिनबाट आफ्नो काम थालनी गर्छन् । सबैभन्दा पहिला उनी आफ्नो टेबुलमा ‘नोट्स् अफ ब्रिफिङ्’ पढ्छन् । यसमा ‘डोमेस्टिक इन्टेलिजेन्स’ र ‘फरियन अफेयर्स’को रिपोर्टदेखि लिएर रसियन प्रेस र अन्तर्राष्ट्रिय मिडियाबाट आएका ‘क्लिप्स्’ पनि सामेल हुन्छन् । न्युजविककै अनुसार, कामसँग सम्बन्धित चीज बाहेक पुटिन धेरै पढ्ने मान्छे भने होइनन् ।

 प्रविधिबाट टाढा

पुटिनका सल्लाहाकारले एक पटक आफूँमाथि र सरकारका अन्य मानिसमाथि गरिएको भिडियो उनीहरूलाई नै देखाएका थिए । यद्यपि पुटिन कामको अवधिमा जुनसुकै प्रविधिबाट टाढै रहन्छन् । न्यूजविक लेख्छ– ‘उनी रातो फोल्डरमा पेपर डकुमेण्ट राख्ने र फिक्स लाइन सोभियत वरेरा टेलिफोनलाई ज्यादा ध्यान दिन्छन् ।

रातमा काम 

यदि रूसी राष्ट्रपतिलाई रातको ‘उल्लू’ भनियो भनेपनि अतिशयोक्ति नहोला । न्युजविकका अनुसार, उनी राती अबेरसम्म काम गर्छन् । दिनमा भन्दा रातमा उनको दिमाख तेज चल्छ । यद्यपि हप्तान्तमा उनको तालिका स्थिति अनुसार हेरफेर हुन्छ । यस अवधिमा उनको अंग्रेजी कक्षादेखि लिएर प्रार्थनासम्म सबै तालिकामै सामेल हुन्छन् । 

मदिराबाट टाढा 

कहिलेकाहीँ औपचारिक समारोहकमा बाहेक पुटिन मदिराबाट टाढै बस्न रुचाउँछन् । आफ्नो ‘टेटोटलिजम्’ व्यक्तित्व पेश गर्नु उनको राजनीतिक चाल पनि हुन सक्छ । राजनीतिज्ञको भनाइमा, रूसी राष्ट्रपटि देशमा फैलिएको मदिराको महामारी विरुद्ध एक ‘सिम्बोलिक स्ट्याण्ड’ लिइरहेका छन् । र स्वयंलाई पूर्ववर्ती बोरिस याल्तसिनको विरोधाभासी देखाएका छन् ।

आफ्नै खाना खान्छन् 

विदेश भ्रमणमा रहेका बेला भ्लादिमिर पुटिनको तालिका झन कसिलो हुन्छ । उनी जहाँसुकै बसेपनि, च्यादरदेखि ट्वाइलेट सिट र फलफूल राख्ने कटौरासम्म सबै परिवर्तन गरिन्छ । पुटिन कहिल्यै पनि अन्यत्रको खाना खाँदैनन् । न्युजविकले आफ्नो आलेखमा लेखेको थियो, पुटिन जब यात्रा गर्छन्, कुनैपनि दुग्ध परिकार उनलाई दिन सकिँदैन ।

  • प्रकाशित मिति : भदौ १, २०७६ आइतबार २०:१८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया