काठमाडौं– पछिल्लो समय पूर्वयुवराज पारस शाहको आनीबानीमा सुधार आएका समाचारहरु छापिँदै आएका थिए । तर, पछिल्लो एउटा घटनाले उनको स्वभावमा खासै परिवर्तन नआएको संकेत गरेको छ ।
यसअघि पनि बारम्बार विवादमा तानिने पारस शाह अहिले सामाजिक सन्जालमा छाएका छन् । सामाजिक सन्जालमा उनी भएको एउटा भिडियो अहिले निकै चर्चामा छ ।
भिडियो हो, त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान क्षेत्रमा प्रवेश गर्ने कक्षको ।
त्यहाँ पारस आफ्नो परिवारसहित पुगेका थिए । उनीसँग उनकी आमा तथा रानी कोमल र उनका छोराहरु थिए । प्रसङ्ग रहेछ, कोमलको थाइल्यान्ड यात्रा ।
राजा ज्ञानेन्द्र शाह र पारसकी श्रीमती पूर्वयुवराज्ञी हिमानी शाह अहिले थाइल्यान्डमा भएको र उनीहरुलाई भेट्न कोमल शाह जान लागेकाले पारस, उनका छोरा र प्रेरणाका छोरा बिदाइका लागि विमानस्थलसम्म पुगेका थिए ।
जब विमानस्थलमा प्रहरीले आफ्ना छोरा र भान्जामाथि गलत व्यवहार गरेको पारस शाहलाई लाग्यो, उनी प्रहरी नायब निरीक्षकमाथि जाइलागे । उनले प्रहरी निरीक्षकको छातीमा ठेलेर धकेलेका छन् ।
हेर्नुहोस्, यो भिडियो । यो भिडियो हामीले सामाजिक सन्जाल फेसबुकबाट लिएका हौँ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।