भरतपुर– भरतपुरमा स्थानीय प्रशासन तथा राजनीतिक दलको सर्वपक्षीय छलफलले केही स्थानमा नाराबाजी गर्न नपाइने घोषणा गरेका छन् । स्थानीय प्रशासनसँग विभिन्न दलका प्रतिनिधिले गरेको छलफल पछि यो निर्णयमा प्रशासन पुगेको हो ।
अब त्यहाँ प्रदर्शन तथा नाराबाजी भएमा प्रहरीले हस्तक्षेप गर्न पाउने भएको छ ।
पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि त्यहाँ दैनिकजसो नाराबाजी तथा प्रदर्शन भइरहेको छ । यसलाई रोक्न त्यहाँका राजनीतिक दल र स्थानीय प्रशासनले यो निर्णय गरेका हुन् ।
यसअघि सोमबार बसेको सर्वपक्षीय दलको बैठकले पनि आफ्ना कार्यकर्तालाई त्यस्तो प्रदर्शन जान नदिने निर्णय गरेका थिए ।
उता, रवि लामिछानेका समर्थकको प्रदर्शनी र शालिक पुडासैनीले न्याय पाउनु पर्छ भन्ने आवाजसहित सुरु भएको अर्को प्रदर्शनीमा सहभागीबीच झडप होला भन्ने चिन्ताले र दैनिक कामकारवाहीमा कुनै अवरोध नपुगोस् भन्नका लागि यो निर्णय गरिएको हो ।
अहिले प्रहरीले लामिछानेसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।