तिब्बतबाट आएको भोटेकोशीको बाढीले बेलिब्रिज बगायो

रसुवा– तिब्बतबाट भोटेकोशीमा बाढी मिसिँदा टिमुरेको बेलिब्रिज बगेको छ । 

बेलिब्रिज बगेपछि उक्त स्थानमा आवातजावत ठप्प भएको छ । 

गए राति तिब्बतमा परेको ठूलो वर्षाका कारण बाढी आएको थियो । प्रहरीले त्यो क्षेत्रमा रहेका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सर्न सूचना प्रवाह गरेकाले मानवीय क्षति हुन पाएन ।

भोटेकोशीमा आएको बाढीका कारण रसुवागढीको जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । त्यहाँका केही सामान बगाएको आयोजनाले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ २, २०७६ साेमबार १२:१०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया