काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही दिनअघि कांग्रेस नेता प्रदीप गिरिले व्यक्त गरेको भनाइ खण्डन गरेका छन् ।
संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा गिरिले ‘भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ’ भनेर दिएको अभिव्यक्तिको मन्त्री ज्ञवालीले खण्डन गरेका हुन् ।
यही भदौ ४ र ५ गते हुने नेपाल–भारत संयुक्त बैठकका बारेमा जानकारी दिन सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भारतले नेपाललाई सिक्किम बनाउने कुरा कल्पनै गर्न नसकिने बताएका हुन् ।
‘नेपालको स्वतन्त्रतालाई त्यो ढंगको कल्पना गरिन्छ भन्ने सोच्ने विषय होइन, परराष्ट्रमन्त्रीले भने, ‘नेपाल सरकार त्यसको खण्डन गर्दछ ।’
पत्रकार सम्मेलनका क्रममा मन्त्री ज्ञवालीले जम्मु कास्मिरको विषय नेपाल–भारत संयुक्त बैठकको एजेन्डा नबन्ने जानकारी गराउँदै भने, कास्मिरको विषय एजेन्डा बन्दैन, बन्ने विषय पनि होइन ।’
नेपाल क्षेत्रीय शान्तिको पक्षमा रहेको भन्दै उनले दुई मुलुकबीच समस्या भए त्यसको एक मात्र समाधान शान्तिपूर्ण वार्ता भएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।