धनुषा– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नै पाँच वर्ष रहने बताएका छन् । सोमबार धनुषा पुगेका दाहालले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै साे कुरा बताएका हुन् ।
रामवृक्ष यादवको २५औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा सहभागी हुन ‘प्रचण्ड’ धनुषा पुगेका हुन् । कुराकानीका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीचको सहमति कार्यान्वयन हुने अपेक्षा गरे ।
सरकारले कानुनी जटिलताका कारण अहिलेसम्म अपेक्षानुसार काम गर्न नसकेकोे स्पष्ट पार्दै समृद्ध नेपाल र सुखी नेपालीको अवधारणालाई सफल पार्न अब सरकार क्रियाशील हुनुपर्ने धारणा राखे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।