काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल)को अनुमतिपत्र खारेज गरिदिएको छ ।
व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको उक्त कम्पनीको लाइसेन्स आइतबार बसेको प्राधिकरण बोर्ड बैठकले खारेज गरेको हो ।
प्रधिकरणका अनुसार कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नविकरण शुल्क बापतको ८० करोड रुपैयाँ तोकिएको समयमा नदिएका कारण अनुमतिपत्र खारेज गरिएको हो । कम्पनीलाई प्राधिकरणले यसअघि जेठ मसान्तसम्मको समयसीमा दिएको थियो ।
कम्पनीले २०६४ फागुनमा लाइसेन्स पाएको थियो । नेपाल स्याटेलाइटले मध्य तथा सुदुरपश्चिमका ग्रामीण क्षेत्रमा दिइरहेको थियो । सो कम्पनीलेले काठमाडौं प्रवेश गर्न पाउनेगरी लाइसेन्स पाएको थियो ।
लाइसेन्स खारेज भए पनि कम्पनीले ३५ दिनभित्र नेपाल सरकारसमक्ष पुनरावेदन दिन पाउने व्यवस्था छ । जसअनुसार सरकारले निर्णय गरेर लाइसेन्स कायम गरिदिन सक्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।