रौतहट पुगेर प्रचण्डले भने– प्रदेश सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुब्यो, तपाईंहरु नै दबाब दिनुस्

धनुषा– केन्द्रमा सरकार चलाइरहेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ को सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् । 

सहिद रामवृक्ष यादव को २५औँ पुण्यतिथिको कार्यक्रममा सहभागी हुन धनुषा आइपुगेका प्रदेश २ का जनतालाई ‘प्रदेश सरकारको भ्रष्टाचार र कुशासनविरुद्ध प्रश्न उठाउन’ आह्वानसमेत गरे । 

प्रदेश २ को विकासका लागि चुरे संरक्षण, तटबन्ध निर्माण, बोर्डरको समस्या समाधान लगायतको विषयमा पहल गर्नुपर्नेमा प्रदेश सरकार चुकेको उनले बताए । यद्यपि, बोर्डरको मामला भने प्रदेश सरकारको नभई केन्द्र सरकारको अधिकारक्षेत्रभित्र पर्छ । 

प्रदेश २ को सरकारले अन्य प्रदेशभन्दा चाँडो विकास गर्ने आश्वासन मात्र दिएको टिप्पणी गर्दै प्रचण्डले आश्वासन पूरा गर्न प्रदेश २ कै जनताले दबाब दिनुपर्ने आवश्यकता औल्याए । 





  • प्रकाशित मिति : भदौ २, २०७६ साेमबार १८:४५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया