बसेर खाना खानुका यस्ता छन् फाइदा

एजेन्सी– आजको व्यस्त जीवनमा मान्छेलाई बसेर खाना खाने समयसमेत छैन । कैयौं मान्छे उभिएर नै खाना खान्छन् भने कोहीकोही हिँड्दै पनि खाने गर्छन् । तर, यसरी खाना खाँदा मेरुदण्डमा असर पर्नुका साथै मानसिक समस्या पनि हुन सक्छ । 

उभिएर खाना खाँदा त्यो पच्न धेरै समय लाग्छ । त्यस अवस्थामा सामान्य अवस्थाभन्दा बढी धेरै खाना खाने गर्छन् । अधिक खाना र ढिलो पाचन प्रक्रियाका कारण पेटसम्बन्धी समस्या उत्पन्न हुन्छ । 

भुइँमा बसेर खाना खाने बेलामा हामी जुन तरिकाले बस्छौँ, त्यो योगको एउटा प्रकारसँग मिल्दोजुल्दो छ । खुट्टालाई मोडेर बस्नु, खाना खाने थाल थाल्नका लागि अगाडि झुक्नु अनि फेरि सीधा भएर खाना खानुले पेटमा रहेका मांसपेसीको डाइजेस्टिभ जुस निकाल्न सहयोग गर्छ जसले खाना सजिलैसँग खाना खाने गर्छ ।

दिनहुँ भुइँमा बसेर खाना खानाले शरीर अझै लचकदार हुन्छ । भुइँमा बसेर हामी जुन तरिकाले खाना खान्छौं त्यी ढाडका लागि पनि राम्रो हुन्छ जसले गर्दा ढाडसँग सम्बन्धित पीडा पनि कम हुन्छ । 

बसेर खानाले पेट पनि छिटो भरिन्छ । त्यही बेला उभिएर खाना खाँदा मान्छेले बढी नै खाना खान्छ । त्यसैले बसेर खाना खानु शरीरलाई तन्दुरुस्ती राख्नका लागि पनि अति उत्तम हुन्छ ।

उभिएर खाना खाँदा हामी धेरै झुक्छौँ । सधैँ यस्तो गर्नुले यसको असर मेरुदण्ड पर्न सक्छ । 



भुइँमा बसेर खाना खानाले शरीरको रक्तसञ्चार पनि राम्रोसँग हुन्छ । पलेँटी कसेर बस्नाले नसा खुम्चिने समस्या पनि हट्छ । 
 



  • प्रकाशित मिति : भदौ २, २०७६ साेमबार १९:९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया