अक्षयको 'मिसन मंगल'ले ४ दिनमै झन्डै १०० करोड कमायो

नयाँ दिल्ली– अक्षय कुमार, विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिन्हालगायतको अभिनय रहेको मल्टिस्टारर बलिउड फिल्म ‘मिसन मंगल’ले पहिलो ४ दिनमा ९७.५६ करोड भारु कलेक्सन गरेको छ । चर्चित बलिउड विश्लेषक तरन आदर्शले ट्विटमार्फत यो जानकारी दिँदै पाँचौँ दिन फिल्मले १०० करोडको आकडा सजिलै पार गर्ने प्रक्षेपण गरेका छन् । 

मिसन मंगल यो सालको दोस्रो सबैभन्दा ठूलो ‘विकेन्ड ओपनर’ बलिउड फिल्म बनेको छ । पहिलो नम्बरमा सलमान खानको ‘भारत’ छ । यद्यपि, ‘भारत’लाई ५ दिनको विकेन्ड मिलेको थियो, ‘मिसन मंगल’को भन्दा १ दिन बढी हो । पहिलो ५ दिनमा ‘भारत’ले १५० करोड भारु कलेक्सन गरेको थियो । 

अक्षय कुमारको भने यो नै पहिलो विकेन्डमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ । यसअघि, सन् २०१८ मा रिलिज भएको उनको ‘२.०’ को हिन्दी भर्सनले पहिलो विकेन्डमा ९७.२५ करोड कलेक्सन गरेको थियो भने यसै वर्ष रिलिज भएको ‘केसरी’ले ७८.०७ करोड कलेक्सन गरेको थियो ।





  • प्रकाशित मिति : भदौ २, २०७६ साेमबार २०:५६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया