विस्तृत उपचारका लागि प्रधानमन्त्री बिहिबार सिंगापुर जाने

काठमाडौं– प्रधानमन्त्री केपी शर्र्मा ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर जाने भएका छन् । उनी बिहिबार सिंगापुर उड्ने कार्यक्रम रहेको उनको स्वकीय सचिवालयका एक सदस्यले जानकारी दिए । 

यसअघि ओली उपचारका लागि १८ साउनमा सिंगापुर गएका थिए । त्यहाँको सरकारी अस्पताल एनयुमा एक साता लामो स्वास्थ्य परीक्षण गरेर उनी फर्किएका थिए ।

फर्किए लगत्तै ओलीले नेपाल कम्युनिस्ट पार्टीमा केही हेरफेर गरे । यी कामहरु सकाएपछि उनी सिंगापुर जान लागेका हुन् । 

उनी निकटहरुका अनुसार उनले यसअघि प्रयोग गर्दै आइरहेको औषधिले अब काम गर्न छाडेको छ । त्यसैले उनलाई चिकित्सकहरुले नयाँ औषधि चलाउने योजना बनाएका छन् । १३ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले अब विस्तारै काम गर्न छाड्न थालेकोले उनलाई नयाँ औषधि चलाउन खोजिएको उनीनिकट एक नेताले बताए । 

‘उहाँले उताबाट आउँदा पनि एक सातामा फर्किन्छु भनेर आउनु भएको रहेछ,’ उनीनिकट एक नेताले भने, ‘अब विस्तृत उपचार गर्नकै लागि जान लाग्नु भएको हो ।’

प्रधानमन्त्री ओली यसपटक कति समय सिंगापुरमा बस्छन् भन्ने खुलाइएको छैन । 





  • प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार ७:१५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया