पोग्बाले गुमाए पेनाल्टी, बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

एजेन्सी– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड वुल्भ्ससँग १–१ को बराबरीमा रोकिएको छ । पाउल पोग्बाले पेनाल्टी मिस गर्दा युनाइटेडले बराबरीमा चित्त बुझाउन परेको हो । 

खेलको २७ औं मिनेटमा गोल गर्दै युनाइटेडले अग्रता लिएको थियो । यो गोल युनाइटेडका लागि वुल्भ्सको पोस्टमा जाली चुमाएका थिए, एन्थोनी मार्सलले ।

पहिलो हाफमा त्यसपछि कुनै गोल हुन सकेनन् । ५५ औं मिनेटमा वुल्भ्सका रुबेन नेवेसले गोल गरेपछि युनाइटेड बराबरीमा पुग्यो । लगत्तै युनाइटेडले अग्रता लिने मौका पायो, पेनाल्टीमार्फत् । पोग्बाले पेनाल्टीका लागि तयारी गरे । तर, उनको बल वुल्भ्सका गोलकिपर रुईले सहजै रोकिदिए । 





  • प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार ७:३६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया