खय्यामको लभलाइफ: एउटा फिल्मजस्तो

एजेन्सी– ‘कभी कभी’, ‘उमराव जान’जस्ता फिल्ममा म्युजिक कम्पोज गरेका खय्यामको निधन भएको छ । सोमबार ९२ वर्षको उमेरमा उनको निधन भएको हो । 

लामो समयदेखि उनी फोक्सोको संक्रमणका कारण पीडित थिए ।

अहिले भारतीय मिडियामा उनको विषयमा धेरै समाचारहरु आइरहेका छन् । तीमध्ये एक हो, उनको लभ स्टोरीबारे । उनको लभ स्टोरी कुनै फिल्मी कथाभन्दा कम छैन । 

उनले पत्नी जगजित कौरलाई पहिलो पटक दादर रेलवे स्टेसनको ओभरहेड ब्रिजमा भेटेका थिए । यो एउटा साँझको कुरा रहेछ । एक साँझ जब उनी दादर रेलवे स्टेसनमा हिँडिरहेको थिए, उनलाई महसुस भएछ उनलाई कसैले पिछा गरिरहेको छ । जगजितले झन्डै चिच्याउन थालेकी थिइन्, खय्यामले उनलाई आफ्नो परिचय दिन भ्याइ हालेछन् । 

यो १९५४ को कुरा हो । त्यसपछि यी दुवैको दोस्ती भयो, केही समयपछि यी दुईले विवाह गर्ने निर्णय गरे । तर, दुवैको परिवारले पहिले विवाह गर्न मानेन । परिवारले नमान्दानमान्दै पनि यी दुईले विवाह गरेका थिए ।





  • प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार १३:४१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया