नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं– मंगलबारका लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।

मंगलबार साँझ ५ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएको र सोही बैठकका कारण सचिवालय बैठक स्थगित गरिएको नेकपाले जनाएको छ । 

वरीयता विवादलगायत विषयमा नेता माधवकुमार नेपालले नोट अफ डिसेन्ट लेख्ने तयारी गरेका कारण बैठक लम्बिने सम्भावना भएपछि बैठक स्थगित भएको हो । अर्को बैठक कहिले बस्ने भन्नबारे कुनै निर्णय भएको छैन ।  





  • प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार १५:४८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया