नेप्से : ओरालो यात्रा कायमै

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको नेप्से म‌ंगलबार साेभन्दा पनि बढी अंकले ओरालो लागेको हो । 

सोमबार ७ दशमलव २३ बिन्दुले बढेको नेप्से परिसूचक मंगलबार भने ८.४३ घटेर एक हजार २१३.६३ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७६ बिन्दुले घटेर २६३.१९ बिन्दुमा पुगेको छ । नेप्से घट्दा कारोवार रकम पनि ओरालो लागेको छ । कुल १६५ कम्पनीको ११ लाख ७३ हजार ५१० कित्ता सेयर २७ करोड २५ लाख नौ हजार २० मूल्यमा खरिद–बिक्री भए । 
 
स्टकका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये दुई उपसमूहको मात्रै सेयर उकालो लागेको छ । यस्तै १० उपसमूहको भने सेयर घटेको छ । व्यापार ६.५९ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ६.८३, होटल १३.८४, विकास बैंक ७.०४, जलविद्युत् १३.२८, वित्त २.०४, निर्जीवन बिमा २५.५९, उत्पादन ११.८६, अन्य ५.३४, लघुवित्त १३.१२, जीवन बिमा ५६.१६ बिन्दुले घटेको छ ।
 
कारोबारका आधारमा होटल सोल्टी शीर्ष स्थानमा रहेको छ । सो होटलको चार करोड ३५ लाख ८४ हजार ८ सय ९५ बराबरको सेयर कारोबार भएको छ । यस्तै रसुवागढी जलविद्युत् कम्पनी एक करोड ६५ लाख ६० हजार २ सय ८०, एनआइसी एसिया बैंक एक करोड ३२ लाख ९७ हजार १ सय ७१, नेपाल बैंक लिमिटेड एक करोड ३४ लाख एक हजार ४ सय ८०, नबिल बैंक ९७ लाख ४१ हजार ६ सय ४६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । 

स्टकका अनुसार कारोबारका आधारमा सबैभन्दा बढी कमाउनेमा विशाल बजार लिमिटेड रहेको छ । सो कम्पनीका सेयरधनीले ५.६२ प्रतिशतले कमाए । ग्रिन डेभलपमेन्ट बैंक ३.७७, सांग्रिला डेभलपमेन्ट बैंक ३.४७, गुह्येश्वरी मर्चेन्ट बेंक एन्ड फाइनान्स २.५९, सपोट माइक्रोफाइनान्स २.४३ र पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीले २ प्रतिशतले कमाए । 

स्टकका अनुसार म‌ंगलबार सबैभन्दा बढी गुमाउनेमा पाँचथर पावर कम्पनी रहेको छ । सो कम्पनीका सेयरधनीले ९.५६ प्रतिशतले गुमाए । दिव्येश्वरी हाइड्रोपावर पाँच, हिमालयन पावर पार्टनर ४.९३, गुराँस लघुवित्त वित्तीय संस्था ४.७९, अरुण काबेली पावर ४.२९ र नाडेप लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४.०६ प्रतिशतले गुमाए ।





  • प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार १८:२०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया